१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लुम्बिनीको विकासमा अन्र्तराष्ट्रिय श्रम समितिको चासो



बिन्दु कुमार चौहान, लुम्बिनी २७ भदौ ।
ऐतिहासिक बुद्धजन्म स्थल लुम्बिनीको समग्र बिकास तथा पारदर्शिताका लागि लुम्बिनी अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितीले बिषेश चासो बढाएको छ । श्रम समिती अन्र्तगत गठित कार्यदल टोलीका सभापति जुठबहादुर टुहुरे खडगीले लुम्बिनी बिकास कोषको अनुगमनको क्रममा बुद्धजन्म स्थल लुम्बिनीको समग्र बिकासबारे अन्र्तराष्ट्रिय चासो बढेको बताउनु भएको हो ।
उहाले ऐतिहासिक पबित्र धार्मिक लुम्बिनीको समग्र बिकासका लागि अन्र्तराष्ट्रिय गौतमबुद्ध बिमान स्थल भैरहवाको निर्माण कार्य तोकिएकै समयमा पूरा भए पछि सन १९७६ मा जापानी बस्तुकला बिद प्राध्यापक स्वं. केन्जो टाँगे द्वारा तयार पारिएको दश बर्षै लुम्बिनी गुरुयोजना पूरा गर्न अन्र्तराष्ट्रिय सहयोग बढने दाबी गर्नुभयो ।
अर्को प्रसङ्गमा उहाले लुम्बिनी बिकास कोष तथा अन्र्तराष्ट्रिय गौतमबुद्ध बिमान स्थलमा कामदार योग्यता तथा क्षमताको आधारमा स्थानीयलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गर्नुभयो । अनुगमन टोलीका सासदहरु अन्जनी श्रेष्ठ, चूरामणि जंगली, पुष्कर आचार्य, प्रभादेबी बज्राचार्य, भरतबहादुरलाई लुम्बिनी बिकास कोषका कार्यबाहक उपाध्यक्ष सुरेन्द्रमुनि साक्य लुम्बिनी बिकास कोष कार्यकारिणी सदस्य अम्बिका प्रसाद कोहार तथा लुम्बिनी बिकास कोषका उच्च कर्मचारीहरुले खादा ओढाई स्वागत गरेका थिए ।
उक्त टोलीले लुम्बिनी बिकास कोषमा भदौ १३ गते देखि मंसीरबाट आफूहरुले तलबको माँग गर्दै दैनिक ज्यालादारी कर्मचारीहरु मार्फत जारी अनिश्चितकालीन तालाबन्दी तथा निकासका लागि अध्यन अनुसंन्धान गरिरहेको एक कर्मचारीले बताउनुभयो ।
यस अघि पनि साँसद शाह नेतृत्व दश साँसदहरुको टोलीले लुम्बिनी बिकास कोषलाई राजनीतिक नियुक्तीको सट्टा खुल्ला प्रतिष्पर्धा मार्फत सीओ सिस्टममा लैजाने निर्देश जारी गरे पनि कार्यन्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  ३ : ५३ बजे