१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रहरी नायव महानिरीक्षक सिलवालद्धारा राजीनामा



काठमाडौं, २७ भदौ ।
प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उहाँले राजीनामा दिएको जानकारी गराउनुभएको हो ।
उज्यालो अनलाइनसँग कुरा गर्दैै उहाँले आफू कानूनी लडाइँका लागि सिर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो ।
उहाँले ३० बर्षे कार्यकाल पूरा गर्न केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उहाँ बिदामा बस्नुभएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  ४ : ०८ बजे