२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

वर्षाले विगारेका गुल्मीका सड्कहरु मर्मत भएनन



गुल्मी, २९ भदौ ।
वर्षायाम सँगै अबरुद्ध भएका गुल्मीका अधिकांश ग्रामीण भेगका कच्ची सड्कहरु अझै सन्चालनमा आउन सकेका छैनन् । वर्षात रोकिए पनि सड्कहरु मर्मत नहुँदा यात्रु तथा सवारी साधनहरु जोखिमपूर्ण यात्र गर्न बाध्य भएका छन् ।
जिल्लाको सदरमुकाम तम्घासबाट बिभिन्न ग्रामीण स्थान पुग्ने कच्ची सड्कहरु वर्षा त रोकिए पनि अझै मर्मत हुन सकेका छ्रनन् । सड्क मर्मत नहँदा सदरमुकामबाट जिल्लाका अधिकांश ग्रामीण भेगमा पुग्ने सड्कहरु नियमित रुपमा सन्चालन भएका छैनन् ।
सवारीसाधन पुग्ने केही स्थानहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेकाले केही स्थानमा भाडामा पनि बढी मूल्य तिर्नुपर्ने हुन्छ । वर्षात रोकिएसँगै चाडपर्वहरु नजिकिए पनि ग्रामीण भेगका अधिकांश सड्कहरु मर्मत गर्ने कुनै पहल देखिएको छैन् ।
जिल्लाका ग्रामीण भेगका मुख्य बजार हस्तिचौरको हर्पुकोट, ठाढुङ्गा, इस्मामैदान, अर्जै, घमिर, सिमलटारी, पुर्कोटदह, धुर्कोट, पिपलधारा, हाडहाडे, मुसिकोट मैदान, पौंदीअमराई, नेटा, दलिङ्ग लगायतका स्थानमा पुग्ने सडकहरुमा गएको जेठ अन्तिम साता सगै बससेवा बन्द भएका छन् । त्यस स्थानका सड्कहरुमा छिटफुट रुपमा जिपहरु पुग्ने गरेका छन् ।
केही स्थानमा पुग्ने सड्कहरुमा सवारीसाधन पुग्ने गरेपनि अधिकांश सड्कहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेका छन् । चाडपर्व नजिकिन थालेसगै सवारीसाधनको चाप पनि बिस्तारै वढन थालेको छ । सवारी साधनहरुमा मानिहरुको आवत जावतमा चाप वढेसँगै ग्रामीण भेगका सड्कहरु मर्मत गरिदिन यात्रु र सवारी चालहरुले आग्रह गरेका छन् ।
पश्चिम नेपाल बस व्यावसायी समिति गुल्मी र गुल्मी यातयातबाट चल्ने सवारी साधनहरु ग्रामीण भेगका केही स्थानहरुमा पुग्ने गरे पनि धेरै जसो स्थानमा पुग्न सकेका छैनन् ।
सड्कहरु मर्मत गरे तुरुन्तै ती स्थानहरुमा बस सेवा सुरु गर्न तयारी अबस्थामा रहेको पश्चिम नेपाल बस व्यावसायी समिति गुल्मीका सुरज थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : २३ बजे