१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आजदेखि बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान



पोखरा, ३० भदौ ।
बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताउनुभयो ।पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु .तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ ।

त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिनुभयो

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  ११ : ३३ बजे