८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बौद्ध बिश्व बिद्यालयलाई बहुआयामिक शिक्षण पद्धतीमा जोड



विन्दु कुमार चौहान, भैरहवा ३० भाद्र ।
अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा अवस्थित लुम्बिनी बौद्ध बिश्व बिद्यालयमा बुद्धशिक्षा सँगै समय सुहाउदो बहुआयामिक शिक्षण पद्धतीको अभ्यास थालिएको छ ।
सो कुरामा लुम्बिनी बिश्वबिद्यालयद्वारा आयोजित लुम्बिनीमा बी.ए.कक्षा संञ्चालन छलफल कार्यक्रमका सहभागी बक्ताहरुले बहुआयामिक शिक्षण पद्धतीमा जोड दिएका हुन ।
कार्यक्रमलाई सम्बोद्धन गर्दै बिश्वबिद्यालयका रजिष्ट्रार तिलक आचार्यले बुद्धजन्म स्थल लुम्बिनीमा खोलिएको लुम्बिनी बौद्ध बिश्वबिद्यालयलाई द्रुत गतिमा अगाडी बढाउन बुद्ध दर्शन सँगै पर्यटन प्रबद्र्धन र दैनिक जीवन यापन ब्यवसायिक तथा प्राबिधिक बहुआयामिक शिक्षण बिधी अपनाउन जरुरी भएको बताउनुभयो ।
उहाले बहुआयामिक शिक्षण बिधीमा जान अहिले सम्म बिश्वबिद्यालयको ऐन बाधक रहेको हुदा बिश्व बिद्यालयको काठमान्डौ स्थित प्रधानमन्त्री कार्यालयमा हालै बसेको बिश्व बिद्यालयको कार्यकारिणी सभाको बैठकले सो ऐन संशोद्धन गरि बहुआयामिक शिक्षण प्रक्रियामा ढोका खोले पछि लुम्बिनी बिश्वबिद्यालयलाई त्रि भुवन बिश्वबिद्यालयको हाराहारीमा पुरयाउने दाबी गर्नुभयो ।
कार्यक्रमका अर्का बक्ता लुम्बिनी बौद्ध बिश्व बिद्यालयका क्याम्पस प्रमुख फणिन्द्रि न्यौपानेले बुद्ध शिक्षा सँगै मेजर नेपाली, अर्थशास्त्र र अंग्रेजी बिषयगत शिक्षा दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

 

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  २ : ०७ बजे