३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

महामानव बुद्धको दिब्य उपदेश ग्रहण गर्नुपर्नेमा जोड



विन्दु कुमार चौहान, भैरहवा १ असोज ।
दैनिक जीवन यापनका लागि भौतिक सुख सुबिधाका पछाडी धन सम्पत्ती कमाउने होडबाजीमा संसार भरि अशान्ति फैलिरहेको बेला बिश्व शान्तिका लागि महामानव बुद्धको दिब्य उपदेश ग्रहण गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
राजकीय बौद्ध बिहार तथा लुम्बिनी बौद्धमहिला समितीको संयुक्त तत्वाधानमा लुम्बिनी स्थित आयोजित बुद्ध शिक्षामा आधारित प्रबचन कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोडदिएका हुन ।
कार्यक्रममा राजकीय बौद्धबिहारका भिक्षु सागर धम्मले बिश्वशान्तिका जीवनको भौतिक सुख सुबिधा परित्याग गरि राजकुमार सिद्धार्थ बुद्धत्व प्राप्ति पश्चात दिएका सात दिब्य उपदेश ग्रहण योग्य रहेको बताउनुभयो ।
उहाले मध्यमार्गी बुद्धको दिब्य उपदेश र पञ्चशील पालना गरेमा संसार भरिका मानव जातिमा भौतिकताको होडबाजी अन्त भई आध्यात्मिकताको आधारमा बिश्वशान्तिको स्थापना गर्न सकिने जिकिर गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्धबिश्व बिद्यालयका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बुद्धको दिब्य उपदेश गहण गर्ने ब्यक्ति तथा देशमा द्ववेश, ईश्र्या समाप्ति पश्चात मात्र बिश्वशान्ति स्थापनाको ढोका खोलिने बताउनुभयो ।
सो अवसरमा सिद्धार्थ होटेल ब्यवसायी संघका सचिव लीलामणि शर्मा, लुम्बिनी बौद्ध महिला समितीका अध्यक्ष जमुनादेबी पौडेल, टाँसी राप्टेलिङ गुम्बाका गुरु टाँसी लामा, पताञ्जली योग समिती लुम्बिनीका योगगुरु गोबिन्द शर्मा, सशस्त्र प्रहरी बेस क्याम्पका सशस्त्र डी.एस.पी दर्शनगिरी, दलित गृहिणी महिला कल्पना हरिजन लगायतले मक्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  १ : ०० बजे