१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्युठानमा वालविवाहको विरुद्धमा विरोध र्याली



सलिम अन्सारी, प्यूठान, २ असोज ।
१३ वर्षिय वालिकालाई २८ वर्षिय पुरुषसंग विवाह गराईएको मुद्घालाई पैसामा मिलाउन खोजिएको भन्दै नेकपा निकट अखिल (क्रान्तिकारी) प्यूठानले ’वालविवाह विरुद्घको विरोध ¥याली’ गरेको छ ।

जिल्ला सदरमुकाम खलंगास्थित पार्टिचोकमा आयोजित ¥यालीमा विद्यार्थीले वालविवाहको विरुद्घमा नारावाजि गरेका थिए ।

माण्डवि गाउपालिका १ कि १३ वर्षिय वालिकालाई विवाह गराईएको मुद्घा जिल्ला प्रहरी कार्यालय प्यूठानमा पुगेपनि त्यहावाट फिर्ता लिएर १ लाख ५० हजारमा मिलाउन खोजेको क्रान्तिकारीको आरोप छ । ’वावुआमा विहिन वालिकालाई ललाई (फकाई विवाह गराईएको छ’ अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष यांक पुनले भने ’वालविवाह रोक्ने भनेर करोडौ खर्चने तर, वालविवाहकै मुद्घा पैसामा मिलाउने घटनामा मिलोमतो गर्ने र मौन समर्थन गर्ने जो कोहिलाई सडकमा ल्याएर कारवाहि गर्छौं ।

१३ वर्षिय वालिकाका वुवाको मृत्यू भएको र आमाले दोश्रो विवाह गरेकाले फुपुको घरमा वस्दै आएकि थिईन । गाउँलेले ललाई फकाई उनको विवाह गरिदिएको वालिकाकि फुपुले वताईन । जेठ २ गते वालिकाको विवाह गराईएको थियो ।

यसैबिच अर्को विकल्प नहुञ्जेलका लागि वालिकाको पठनपाठनको जिम्मा नेकपा निकट अखिल क्रान्तिकारीले लिने भएको छ। ’पिडित वालिकाको पठनपाठन लगायत सवै जिम्मा तत्काल हामिले लिन्छौ’ क्रान्तिकारीका अध्यक्ष पुनले वताए ।

उनका अनुसार कक्षा ६ मा अध्ययनरत वालिका विध्यालय जानै छाडेकि छिन्। गाउका सवैले विवाहको विषयलाई जोडेर गिज्याउने हुदा उनी गाउमै हिडडुल गर्न समेत असहज अवस्था रहेको छ । गाउमा वातावरण सहज नवन्दासम्म वैकल्पिक व्यवस्था गरेरै भएपनि पठनपाठनलाई निरन्तरता दिने क्रान्तिकारीका अध्यक्ष पुनको भनाई छ ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : ५५ बजे