८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माओवादी र एमालेले ३–३ वडामा जिते, कांग्रेस र संघीय फोरम १–१ वडामा विजयी



काठमाडौं, असोज ३ । मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ । पछिल्लो परिणाम अनुसार माओवादीले ३, एमालेले ३, कांग्रेसले एउटा र संघीय समाजवादी फोरमले एउटा वडामा जितेका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुँवर २ सय ८ मत ल्याई प्यानलसहित विजयी हुनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र सिरहको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी हुनुभएको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका पनालाल साह प्यानलसहित विजयी हुनुभएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नंबर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी हुनुभएको छ । पर्साको पटेर्वा सुगौलीको वडा नम्बर १ मा एमालेका फरमान अन्सारी र पर्साकै विन्दबासिनी गाउँपालिकाको वडा नम्बर १ मा एमालेकै सगिर मिया विजयी हुनुभएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी हुनु भएको हो । सिरहाको लहान नगरपालिका वडा नंबर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका सियाराम यादव विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ५ : २३ बजे