७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सिरहाको दई स्थानीय तहमा माओवादी र दुई तहमा कांग्रेसको अग्रता



सिरहा, असोज ३। सिरहाको गोलबजार र मिर्चैया नगारपालीकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । गोलबजार नगरपालिकामा ४ सय ४८ मत गन्दा नेकपा माओवादी केन्द्रका मेयरले १ सय ५२ र उपमेयरले १ सय ४८ मत प्राप्त गरेको छ । नेकपा एमालेका मेयर र उपमेयरले क्रमशः ८९ र ८६ मत प्राप्त गरेका छन् । कांग्रेका मेयरले ८७ र उपमेयरले ९४ मत प्राप्त गरेका छन् । संघिय समाजवादी फोरमले भने ५८ र ५९ मत प्राप्त गरेको छ । गणना गरिएको मध्ये १५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
मिर्चैया नगारपालीकामा नेकपा माओवादी केन्द्रलेका मेयरले १ सय ९३, नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ४७ मत प्राप्त गरेको छ । औरही गाउँपालिकामा ६ सय ०५ मत गन्दा नेपाली कांग्रेसका मेयर र उपमेयरले ११०र१३३, नेकपा एमालेले ३९र४३, नेकपा माओवादी केन्द्र १४३ र१४१ र संघिय समाजवादी फोरमले २६७र२४५ मत प्राप्त गरेको छ । १९ मत बदर भएको जनाएको छ ।
त्यसैगरी लहान नगरपालीकामा नपाली कांग्रेसका मेयर पदका उम्मेदवारले ५ सय ६६, नेकपा एमालेले ५ सय ०६, संघिय समाजवादी फोरमले ५ सय ६७ र राप्रपा नेपालले ५ सय ३७ मत प्राप्त गरेको छ । लहाना ९ बजेसम्मको मत परिणाम अनुसार संघिय समाजवादी फेरम अगाडी दखिएको छ ।
निर्वाचन कार्यालयले सिरहामा मत गणतास्थललाई सुरक्षित बनाएर मत गनना गरिरहेको छ । मत गणनालाई सुरक्षित बनाउन डोरी तथा भाटाका बारहरु बनाएर कर्मचारी एकातर्फ र दलिय प्रतिनीधी अर्को तर्फ बसेर मत गन्ने काम भईरहेको प्रमुख निर्वाचन अधिकृत अमृत बहादुर बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ५ : ३६ बजे