१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान



काठमाडौँ, असोज ३ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा ७७ प्रतिशत मतदान भएको छ । आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार सप्तरीमा ७६।४ प्रतिशत, सिरहामा ७७।४ प्रतिशत, धनुषामा ७३।७ प्रतिशत, महोत्तरीमा ७३।३ प्रतिशत, सर्लाहीमा ७६।३ प्रतिशत, रौतहटमा ८०।४ प्रतिशत, बारामा ७९।४ प्रतिशत र पर्सामा ८०।१ प्रतिशत मतदान भएको छ ।
यसैबीच, १ सय ३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ । बाँकी स्थानमा सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ६ : ०१ बजे