१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सुनको भाउ घट्यो



काठमाडौँ, असोज ३ । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
दशैं नजिकिएपनि सुनको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा यो बेला दैनिक ५० किलोको हाराहारी कारोबार हुने गरेको सुन भूकम्पपछि भने उत्साहक कारोबार हुन नसकेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार गएको वर्ष दशैं नजिकिएसँगै दैनिक ३५ किलोको हाराहारीमा सुन कारोबार हुने गरेकामा यो वर्ष घटेर दैनिक ३० किलोसम्म कारोबार भैरहेको छ । साउन अन्तिम महिना तराईमा आएको बाढी, भूकम्पपछिको पुननिर्माण र सुनको भाउ महंगो भएकाले कारोबार घटेको उहाँको अनुमान छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ६ : ०३ बजे