१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अपडेट ःरौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता



 

रौतहट , असोज ३ – रौतहटमा १० वटा स्थानीय तहमा अहिले मतगणना चलिरहेको छ । ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ । रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।
त्यस्तै, चन्द्रपुर नगरपालिका, यमुनामाई गाउँपालिका र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गजुरा नगरपालिका र गढीमाई नगरपालिकामा राजपा नेपाल अगाडि आएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ७ : ०८ बजे