२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

काँग्रेस उपसभापतिमा भारती



दाङ, ३ असोज (रासस) ।
नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ । जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।
सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरी सचिवमा टेकबहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनुभयो ।
बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका तहमा जिल्ला पदाधिकारी तथा प्रतिनिधिलाई खटाइने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ९ : ३१ बजे