१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मेक्सिको भूकम्पः मृत्यु हुनेको संख्या २४८ पुग्यो



असोज ४ ।
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमानेको संख्या दुर्य सय ४० नाघेको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा दुई सय ४८ जनाको ज्यान गएको पुष्टि भएको मेक्सिकोका अधिकारीले बताएका छन् । ज्यान गुमाउनेमा २० भन्दा बढी बालबालिका रहेको राष्ट्रपति एन्ड्रिक पेन्ना निएटोले जानकारी दिनुभयो ।

यस्तै एउटा विद्यालय भत्किँदा ३० जना बालबालिका हराएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पु¥याएको छ ।

अहिले उद्धार तथा राहतको काम भइरहेको छ । भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ ।

सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको ज्यान गएको थियो । मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो ।

 

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ८ : १० बजे