१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महोत्तरी ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि 



महोत्तरी, असोज ४ ।
स्थानीय तहको पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १५ स्थानीय तहमध्ये ५ तहमा कांग्रेसको अग्रता छ । राष्टिय जनता पार्टी नेपालले ४ र संघीय समाजवादी फोरम नेपाल ३ वटा स्थानीय तहमा अघि छन् । सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमको अग्रता छ ।
गौशाला नगरपालिकामा नेकपा माओबादी केन्द्र, वर्दिवास, रामगोपालपुर, लोहारपट्टी, वलवा नगरपालिका र एकडारा गाँउपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ । राजापा मटिहानी नगरपालिका, पिपरा गाँउपालिका, भंगहा नगरपालिका, मनरा नगरपालिकामा अगाडि रहको छ ।
त्यस्तै औरही नगरपालिका, सम्सी र सोनमा गाँउपालिकामा संघीय समाजवादी फोरम नेपाल अगाडि रहेको छ । महोत्तरी गाँउपालिकाको भने तथ्यांक सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ८ : १५ बजे