१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

स्थानीय तहको निर्वाचनले संबिधानको सर्वस्विकार्यता बढ्यो -अध्यक्ष प्रचण्ड



मायादेवी अनलाइन, कृष्णनगर, ५ असोज ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सकिए संगै संबिधानको सर्वस्विकार्यता बढेको बताउनुभएको छ । यस संगै आगामी मंसिरमा हुन लागेका प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने बताउनुभयो ।
नेकपा माओबादी केन्द्र जिल्ला सम्मेलन आयोजक समिति कपिलबस्तुले बिहिबार कृष्णनगरमा राखेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई अर्थिक समृद्धिको दिशा तर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

शान्ति र क्रान्तिमा माओवादीको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै उहाँले देश बनाउने जिम्मेवारी पनि माओवादीकै रहेको दाबी गर्नुभयो । मुलुकलाई नयाँ दिशा दिनको लागि आगामी दिनमा हुन लागेका दुई चरणका निर्वाचनमा माआवोदी केन्द्रलाई जिताउनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहुनभएका प्रचण्डले देशमा दुई अतिवादीका कारण राजनीतिक निकास निस्कन नसकेको आरोप लगाउनुभयो । पहाडमा पहाडिया राष्ट्रबाद र तराईमा मधेसी राष्ट्रबादले समस्या ल्याएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता मातृका यादवले मधेसको विकासले माओबादीले जति अरु पार्टीले योगदान दिन नसकेको दाबी गर्नुभयो । देशमा मण्डले राष्ट्रबाद छाएको भन्दै अब मधेसी समुदाय सचेत बन्नुपर्ने तर्क गर्नुभयो ।

यस्तै माओबादी केन्द्रका नेता चन्द्रप्रकाश खनाल बलदेवले कपिलवस्तुको विकासमा आफ्नो पार्टीले योजनाबद्ध विकास गर्ने बताउनुभयो । कृष्णनगर क्षेत्रमा सिंचाई सुबिधा पुग्न नसकेको भन्दै यसको लागि पार्टीले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार भन्दा बढी नेता तथा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गराउनुभएको थियो ।

 

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  २ : २७ बजे