१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रेस सेन्टर नेपालद्वारा पाँचबूदे लुम्बिनी घोषणा पत्र जारी



लुम्बिनी, ७ असोज ।
राष्ट्रको चौथो अंग पत्रकारिता पेशा र पत्रकारको संरक्षण सम्र्बद्धनमा टेवा पुरयाउने उद्देश्यले प्रेस सेन्टर नेपालले ५ बूंदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । सूचनाको हकलाई स्थापित गराउनका लागि सेन्टरको बिहीवार अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सम्पन्न पाँच नम्बर प्रादेशिक भेलाले सो घोषणापत्र जारी गरेको हो ।
जारी घोषणापत्र अनुसार श्रमजीवि पत्रकारिता ऐनलाई पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने ,प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने ,जनता प्रति स्थानीय सरकारलाई जबाफदेही बनाउनु पर्ने , समानुपातिक बिज्ञापन नीतिलाई प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने तथा बृहत्तर लुम्बिनी बिकासका लागि राज्यको बिशेष ध्यानाकर्षण गराउनुुपर्ने जोडदार माँग गरिएको छ ।
उहाले संघीय गणतन्त्रको अभ्यास सँगै समाजबादी क्रान्तिको तयारीका लागि पार्टी गृहकार्यमा जुटेको हुदा समाजबादी क्रान्तिको पक्षमा जनमत सिर्जना प्रेससेन्टरलाई मिशन बनाउन निर्देश समेत गर्नुभयो ।
सो अवसरमा प्रेससेन्टर नेपालका सचिव बिष्णु सापकोटा, प्रदेश नं. ५ का संयोजक मौषम रोका, रुपन्देही जिल्ला सहसंयोजक अनुपराज बराल, लुम्बिनी नगरबिकास समितीका अध्यक्ष शिवप्रसाद प्यासी, लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङ लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  ३ : २० बजे