१५ माघ २०७९, आइतबार | Sun Jan 29 2023

नवलपरासीमा तस्करको दादागिरी !



नवलपरासी, ९ असोज ।
राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलले भारतबाट अवैध रुपमा नवलपरासीको नाकाबाट तस्करी गरेर नेपालमा ल्याइएका कपडाहरु बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका (१ रामपुरवामा वेवारिसे अवस्थामा एक झुप्रोमा डम्प गरेर राखिएका ठूलो परिणाममा विभिन्न किसिमका कपडाहरु बरामद गरिएको राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका प्रमुख नरेन्द्रप्रकाश पाण्डले जानकारी दिनुभयो ।

उहाका अनुसार बरामद गरिएका कपडाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको छ । विशेष सूचनाको आधारमा राजश्वको टोलीले झुप्रोमा रहेको कपडाहरुलाई नियन्त्रणमा लिन खोज्दा ठूला संख्यामा रहेका स्थानीयहरुले (कपडा तस्कर) टोलीलाई अवरोध गरेको थियो ।

भन्सार छली गरी अवैध रुपमा डम्प गरिएका कपडाहरु बरामद गर्दा स्थानीयहरुले लाठी, भालासहित गाडी अवरोध गरेपछि आफूहरुले थप प्रहरीको मद्दत लिएर कपडा जफत गर्न सफल भएको प्रमुख पाण्डेले बताउनु भयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । बरामद गरिएको कपडाहरु महेशपुर भन्सार कार्यालयबाट करिब ४ सय मिटरको दुरीमा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  १ : ३१ बजे