६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पाँच वर्षका बालकको घाँटी थिचेर हत्या



धादिङ, २२ असोज ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा आइतबार राति एक बालकको रहस्यमय तरिकाले हत्या भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीका २५ वर्षका आसमान तामाङले पाँच वर्षका बालक विवेक तामाङको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । हत्यामा संलग्न आसमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमै सुतेका ५ वर्षीय विवेक तामाङको घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : ५२ बजे