८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जिनुवा गुञ्जयमान हुदै , महायज्ञको तयारी तिब्र



चुरामणि अर्याल कपिलवस्तु,२३ असोज ।
विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले जिनुवामा हुन गईरहेको महायज्ञको तयारी तिर्व पारिएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले यहि अशोज २५ गते देखि कात्तिक १ गते सम्म वाणगंगा–९ जिनुवाको श्री शुद्धोधन जन जीवन मा.वि.को प्राङगणमा हुन गईरहेको विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव नजिकिदै जाँदा तयारी तिर्व पारीएको हो ।

तयारी स्वरुप प्रचार–प्रसार गर्ने,विद्यालयमा रङरोहन गर्ने,सरसफाई गर्ने र मन्दिरहरु बनाउने लगाएतका कार्यहरु तिर्व रुपमा अगाडि बढाइएको प्रचार–प्रसार उप–समिति संयोजक चुरामणि अर्यालले जानकारी दिनु भयो ।

आधुनिक परिवर्तित समय अनुसार शिक्षामा पनि पविर्तवन आउनुपर्ने समयको मागलाई ध्यान दिदै भलवाडको मध्यविन्दुमा रहेको सामुदायिक विद्यालय यस शुद्धोधन जन जीवन मा.वि.ले आउदो शैशिक सत्र देखि नै प्राविधिक शिक्षा लागु गर्ने उदेश्यले श्रीमद्भागवत तथा शैक्षिक महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।
वाचन प्रविण पंडित दिनबन्धु पोख्रेलका पिता स्व.नारायण प्रसाद पोख्रेलले यस विद्यालयमा श्रीमद् भागवत गराउने चाहाना भएपनि पुरा नभएकोले त्यो सपना पुरा गर्न उहाँका छोरा प्रखर अन्तर्राष्ट्रिय कथा वाचक वाचन पं.दीनबन्धु पोखे्रल प्रमुख कथा वाचकको रुपमा आउने महायज्ञका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।

सह–वाचकको रुपमा १०१ टेक्निकल कलेज एवं एक–प्रदेश एक टेक्निकल विश्व विद्यालयका सङ्क्लपकर्ता धुर्वशरण बस्याल रहनुहुने आयोजकले जनाएको छ ।

महायज्ञबाट करिब २ करोड रकम संकलन हुने अपेक्षा राखिएको कोषाध्यक्ष लाल बहादुर खड्काले जानकारी दिनुभयो ।

वि.स. २०३१ सालमा स्थापना भई हाल कक्षा १२ सम्म अध्ययन भईरहेको यो विद्यालयमा हाल करिब ५ सय ५० विद्यार्थि अध्ययनरत छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  १ : ३० बजे