७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

६२ औ प्रहरी दिवसको अवसरमा दाङमा विभिन्न कार्यक्रम हुदै



शरद रेग्मी असोज २३ दाङ ।
नेपाल प्रहरीको ६२ औ प्रहरी दिवस को अवसरमा दाङमा विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना हुन लागेका छन् । प्रहरी दिवस २०७४ को अवसरमा पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जिल्ला व्यापी व्याडमिन्टन प्रतियोगीताको आयोजना गर्न लागेको संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगीतामा भेट्रान डवल र ओपन खेलहरु हुनेछन् ।
प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम र सरसफाई अभियानको नेतृत्व नेपाल प्रहरीले गर्ने,विभिन्न खेलका विजेताहरुलाई प्रमाण पत्र वितरण तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत र सम्मान गर्ने, लगायतका कार्यक्रमहरु तय गरिएको छ ।
असोज २७ गते विशेष कार्यक्रमका विच ६२औ प्रहरी दिवस संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुरमा मनाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : ३२ बजे