११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

जेसिजको साताव्यापी कार्यक्रम , आज पिपरा अस्पतालमा रक्तदान



कपिलवस्तु २३ असोज ।
जेसिज कपिलवस्तुले साताव्यापी कार्यक्रम गर्ने भएको छ ।आईतवार ४ नं स्थित आफ्नै भवनमा राखिएको पत्रकार सम्मेलनमा जेसिज सप्ताह कार्यक्रमका बारेमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिदै जेसिज २०१७ का अध्यक्ष कृष्ण चौधरीले संस्थाले विगतमा गर्दै आएको कार्यलाई निरन्तरता दिने क्रममा उक्त सामाजिक रचनात्मक कार्य गर्न थालिएको बताउनु भयो । कार्यक्रम अन्तरगत असोज २३ गते पिपरा अस्पतालमा रक्तदान , २७ गते बालमावि बैरियामा मैत्रीपुर्ण फुटवल , २८ गते ४ नं जितपुरमा सरसफाई तथा ट्राफिक सचेतना र स्वलो बाइक कार्यक्रम गरिने भएको छ । त्यस्तै गरि २९ गते मावि स्तरिय बक्तृत्वकला प्रतियोगिता गरिने महासचिव राजेन्द्र अर्यालले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले जेसिजले गर्ने रचनात्मक क्रियाकलापलाई मिडियाले प्राथमिकताका साथ जनसमक्ष पस्किने प्रतिवद्धता जनाउनु भयो । पत्रकार सम्मेलनमा जेसिजका वरिष्ठ उपाध्यक्ष खुमानन्द घिमिरे , उपाध्यक्ष अमृत घिमिरे , सचिव शंकर न्यौंपाने लगायतको उपस्थिती रहेको जेसिजका शुशिल खत्रीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : ३५ बजे