८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुँदै



काठमाडौं, असोज २३ । काठमाडौंमा सोमबारदेखि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ ।
नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा हुने दुई दिने सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फ सेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल हुने नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
सम्मेलनमा पत्रकार, नीति निर्माता, प्राज्ञिक क्षेत्र, सरकारी अधिकारी, विकास साझेदार, नागरिक समुदाय लगायत सहभागी हुनेछन् । यस्तै, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका पत्रकार तथा सञ्चार विज्ञ पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : ३६ बजे