६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

राप्रपाको बैठक बस्दै, कमल थापा उपप्रधानमन्त्री बन्ने सम्भावना



काठमाडौं, असोज २३ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेपछि पार्टी कार्यालयमा सुरु हुने बैठकले कांग्रेस नेतृत्वको चुनावी गठबन्धन र सरकारमा सहभागिताका बारे निर्णय गर्ने नेता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आइतबारसम्म कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउने र त्यसमाथि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यले धारणा राख्नेछन् । कांग्रेसले राप्रपालाई तालमेल गरेर चुनाव लड्न सहमत भए सरकारमा पनि सहभागी गराउने आश्वासन दिएको छ ।
राप्रपाका नेता श्रेष्ठले आजको बैठकले तालमेल गर्ने निर्णय गरे सरकारमा सहभागी हुने निर्णय पनि गर्ने सम्भावना रहेको जानकारी दिनुभयो । राप्रपा निकट श्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने सम्भावना छ ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : ३८ बजे