१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नवराज सिलवालले डीआईजीबाट दिएको राजीनामा स्वीकृत



२३ असोज, काठमाडौं ।
नवराज सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिनु भएको थियोक । तर, लामो समयसम्म स्वीकृत भएन ।
राजीनामा स्वीकृत नभएकै अवस्थामा उहा शुक्रबार नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।
गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उहाको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव नरेन्द्र रानाले पनि सिलवालको राजीनामा स्वीकृत भएको पुष्टि गर्नु भयो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ४ : ११ बजे