१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

९० लाख रुपैयाँ चलखेलको सन्दर्भमा अनुसन्धान सुरु



महोत्तरी, असोज २३ । महोत्तरीको गौशाला नगरपालिकामा भएको ९० लाख रकमको चलखेलको सन्दर्भमा अध्ययन सुरु भएको छ । आइतबारदेखि सुरु गरिएको अध्ययनको क्रममा पहिलो दिन विभिन्न बेथितिको तथ्य फेला पारेको छ ।
ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयको रोहबरमा आइबारदेखि सुरु गरिएको अनुसन्धानको क्रममा प्रारम्भिक खोजको अनुसार यस गएको साउनदेखि भदौ १९ गतेसम्मको अवधिमा २ करोड ६४ लाखको बराबरको कारोबार भएको हो ।
जसमध्ये एकैदिनमा गत भदौ १९ गतेका दिन ९० लाख रुपैयाँको आर्थिक कारोबार नेपाल बैंकमार्फत भएको खुलासा भएको छ । अनुसन्धान गर्ने क्रममा तत्कालिन कार्यकारी अधिकृत शम्भु ठाकुर र लेखापाल नर्भेश रायले गौशालामा रहेको नेपाल बैंक लिमिटेडबाट गरिएको आर्थिक कारोबारको अध्ययन भइरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले दिएको जानकारी अनुसार गएको तीन वर्षको अवधिमा नगरपालिकाले खाताबाट पैसाको कारोबार भएको पाइएता पनि कामको मूल्यांकन, गोश्वारा किताव, खर्चको फाँटबारी, योजनाको लागत लगायतका कुनै किसिमको कागजात कार्यालयमा उपलब्ध भएको छैन ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ४ : २९ बजे