१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

रुपन्देही कांग्रेसले गर्‍यो नाम उम्मेदवारको सिफारिस



रुपन्देही, असोज २३ । नेपाली कांग्रेसले रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका अनुसार प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला सभापति तथा सांसद अब्दुल रज्जाक, २ बाट युवराज गिरी र गोकर्ण पौडेल, ३ बाट केन्द्रीय सदस्य तथा साँसद बालकृष्ण खाँड र पुर्ब सांसद रामकृष्ण ताम्राकारको नाम सिफारिस भएको छ ।
त्यसैगरी ४ बाट प्रमोदकुमार यादव र अष्टभुजा पाठक तथा क्षेत्र नम्बर ५ बाट सांसद भरतकुमार साहको नाम केन्द्रमा सिफारिस भएको छ ।
सिफारिस गरिएका मध्ये रज्जाक, खाँड र साह अहिले पनि सांसद हुनुहुन्छ । त्यसै गरी प्रदेशसभाका लागि हरेक क्षेत्रबाट ४–५ जनाको दरले नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ४ : ३० बजे