१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रवासी युवाको सीप र पुँजी परिचालन गर्ने प्रतिवद्धता



काठमाडौं, असोज २३ । अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको धनगढीमा भएको सम्मेलनले प्रवासी युवाको सीप र पुँजीलाई संकलन गरी सुदूरपश्चिमको विकासमा लागि सरोकारवाल निकायसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता गरेको छ ।
दुई दिनसम्म चलेको सम्मेलनले सुदूरपश्चिमको विकासको लागि चारबुँदे सुदूरपश्चिम घोषणपत्र पनि जारी गरेको छ ।
रोजगारीका लागि विदेश जाने युवाको चेतना अभिवृद्धि गर्न र सीपमूलक कार्यक्रममार्फत बेरोजगार युवालाई आत्मनिर्भर बनाउन सरकारी निकायसँग पहल गर्ने, सुदूरपश्चिमको भाषा, कला–संस्कृतिको संरक्षण, संवद्र्धनका साथै पर्या–पर्यटनमा जोड दिन आन्तरिक र बाह्य पर्यटक भित्र्याउन पहल गर्ने, आगामी ६ महिनाभित्र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक कोष स्थापना गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
३० देशका १५० प्रतिनिधि सहभागी रहेको सम्मेलनले धनबहादुर बलायर ९कतार०को अध्यक्षतामा कार्यकारी समिति चयन गरेको छ । सम्मेलन आइतबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ४ : ३६ बजे