१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ताप्लेजुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु



ताप्लेजुङ, असोज २३ । ताप्लेजुङको भालुगौडेमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा अरु पाँचजना घाइते भएका छन् ।
प्रशिद्ध तिर्थ स्थल पाथीभरा जाँदै गरको मे १ ज १३०८ नम्बरको जीप सोमबार बिहान ९ बजे दुर्घटना हुँदा दुईजनाको ज्यान गएको प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।
१३ जनाको क्षमता रहेको जीपमा २६ जना रहेकाले लोड थाम्न नसकेर दुर्घटना भएको हो । जीप बाटोबाट तल खसेकोले दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरी प्रमुख बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ४ : ३८ बजे