३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

रोहिंग्या समस्याः बंगलादेश जाँदै गरेको डुंगा डुब्दा १२ जनाको मृत्यु



असोज २३ । म्यानमारमा भड्किएको हिंसाका विस्थापित भएर बांगलादेश आउँदै गरेका रोहिंग्या मुसलमान चढेको डुंगा डुब्दा कम्तिमा १२ जनाको ज्यान गएको छ । रोहिंग्या मुसलमानको बसोबास रहेको म्यानमारको रखाइन प्रान्तमा पछिल्लो समय हिंसा भड्किएका कारण त्यहाँबाट रोहिंग्या मुलमान विस्थापित भएका छन् । विस्थापित मध्ये धेरैको गन्तव्य बंगलादेश बनेको छ । बंगादेश नजिक नाफ नदीमा डुंगा डुब्दा झण्डै एक सयजना हराइरहेको सरकारी अधिकारीले बताएका छन् । हराउने बालबालिका पनि रहेका छन् ।
अहिले उद्धारको काम भइरहेको छ । रखाइन प्रान्तमा सेनाको ज्यादतिका कारण चारलाखको हाराहारीमा रोहिंग्या मुसलमान विस्थापित भएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ६ : २८ बजे