१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

गोली लागि घाइते भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन मृत घोषित



 

 

काठमाडौ, असोज २३ । काठमाडौंको नयाँ बानेश्वरको खरीबोट नजिकै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ ।
गौचनलाई बायाँ कोखा र छातीमा गरी दुई गोली लागेको थियो । गोली लागि गम्भीर घाइते भएका गौचनलाई उपचारका लागि सिभिल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको निर्माण व्यवसायी संघका प्रवक्ता विष्णु बुढाथोकीले बताउनुभयो । गौचन बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर गाडीमा सवार थिए । गाडीका चालक रामकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकलमा आएका दुई जना नचिनेका मान्छेका समूहले उनीमाथि गोली प्रहार गरेको प्रहरी जनाएको छ । घटनाका थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  १० : ५५ बजे