१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भरिया सहित लागूऔषध कारोवारी पक्राउ



बुटवल, २३ असोज ।
ठूलो परिमाणको लागूऔषध सहित खरीद बिक्रीमा सलंग्न भरिया र कारोवारी गरी ४ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रोहिणी गाँउपालिकाबाट लागूऔषध खरीद बिक्र्री हुदै गर्दा ओमसतिया ६ का गुलावचन्द शाहनी, पोखरा लेखनाथ नगरपालिका ३ का अन्तिम गुरुङ, तनहुँ व्यास नगरपालीका १ का अन्जु गुरुङ र रोहीणी ७ का राधेश्याम यादव सोमवार पक्राउ परेका हुन् । उनीहरुको साथबाट डाईजोपाम, फेनरागन र नुफिन गरी २ हजार १ सय सिसि लागूऔषध ससिहत नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक एवं प्रबक्ता डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
पक्राउ परेका यादव भारतमा लागूऔषध खरिद गरी नेपाल ल्याउने, शाहनी भरीया र गुरुङ्गद्धय खरीद कर्ता हुन् । घटना बिबरण अनुसार रोहिणी गाँउपालीका क्षेत्रमा लागू औषध विक्री वितरण तथा ओसार पसार भईरहेको सूचनाको आधारमा प्रहरी पक्राउका लागि परिचालन भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ११ : १६ बजे