१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गौचन हत्याको जिम्मा मनोज पुन समूहले लियो, काठमाडौंबाट तीन जना पेस्तोलसहित पक्राउ



काठमाडौं, असोज २३ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ । काठमाडौंका एक प्रहरी अधिकृतलाई अननोन नम्बरबाट फोन गर्दै घटना मनोज पुन समूहले घटाएको र आफू त्यस समूहको सदस्य भएको दाबी गरेका थिए । मनोज पुन समूहले गएको वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हानी हत्या गरेको थियो । पुन भारतमा बस्दै नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।
यसैबिच प्रहरीले संलग्न भएको आरोपमा तीन जनालाई पेस्तोल र तीन राउण्ड गोलीसहित पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी एसएस्पी प्रमुख रविन्द्र धानुकले मिनभवनमा हत्यारा नपक्रिएसम्म शव नबुझने भन्दै आन्दोलन गरेका निर्माण व्यवसायीसँग तीन जना पक्रिसकेको दाबी गर्नुभएको हो । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका दिलिप लामा, छिरिङ तामाङ, सञ्जय तामाङ छन् । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको पुष्टि भइसकेको छैन ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  १ : ४७ बजे