१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा प्रमुख तिनदल दलद्धारा उम्मेदवार सिफारिस



जितपुर, कपिलवस्तु, २४ असोज ।
कपिलवस्तुमा प्रमुख तिनदल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रद्धारा प्रतिनिधी सभा र प्रदेश सभाका लागी उमेदवार सिफारिस भएका छन् ।
वामगठबन्धनको औपचारिक रुपमा क्षेत्र बाडफाड हुन बाकी रहेकाले दलहरुले गरेको सिफारिस भन्दा भिन्दै ब्यक्तीले टिकट पाउने सम्भावना छ भने कांग्रेस र अन्य दलको लोकतान्त्रिक गठबन्धन बनेमा पनि सिफरिस अनुसार टिकट नआउन सक्छ ।
टिकट जस्ले पाएपनि आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कपिलबस्तुका प्रमुख तीन दलले उम्मेदवार सिफारिस भने समयमै गरेका हुन् । तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।
नेपाली काँगे्रसबाट यसै हप्ता मात्रै भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिनुभएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्व मन्त्री कमलेश शर्माको नाम प्रतिनिधि सभा क्षेत्र नं १ को लागि सिफारिस गरिएको छ ।
यसैगरी क्षेत्र नं २ बाट पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं ३ बाट हालै संघीय समाजवादी फोरम परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका सांसद अभिषेकप्रताव शाहको नाम सिफारिस गरिएको सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेशका लागि ६० जनाको नाम पठाएको छ ।
नेकपा (एमाले)बाट एमाले क्षेत्र नं १ बाट विष्णु पन्थी, सांसद बलराम अधिकारी, शान्ता पाण्डे र हीरालाल पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै २ बाट सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरेका सांसद वृजेशकुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं ३ बाट क्षेत्रबहादुर खत्री , महादेव पोख्रेल, अहमद अब्दुल रउफ, निशा विक, सुशीला खनाल, को नाम सिफारिस गरिएको एमाले उपाध्यक्ष बाबुराम खनालले जनकारी दिनुभयो । प्रतिनिधि सभाको समानुपातिकतर्फ नौ जना र प्रदेशतर्फ १९ जनाको नाम पठाएको एमालेले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)ले १ बाट प्रतिनिधि सभामा सार्वजनिक लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट गिरीधरीलाल न्यौपाने तथा जिल्ला सहइञ्चार्ज रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं ३ बाट माओवादी स्थायी समिति सदस्य चन्द्रपाणी खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ । एमाले र माओवादीसहित नयाँशक्तिको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  १२ : ५२ बजे