१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

हुलाकी सडक पिचका लागी जनप्रतिनिधीद्धारा मन्त्री समक्ष डेलिगेसन



मणि प्रसाद गैेह्रे, कपिलवस्तु असोज २४
जिल्लाको मध्यमार्ग भएर गएको हुलाकी सडक पिच गर्नको लागी स्थानिय जनप्रतिनिधीद्धारा मन्त्री समक्ष डेलिगेसन गई ध्यान आकृष्ट गराउने काम भएको छ ।
लामो समय मर्मत संम्मार नहुदा आवत जावतमा धेरै समस्या देखा परेपछि स्थानीय युवा नेता एवं महाराजगजं नगरपालिका वडा नं ८ वडा अध्यक्ष योगेन्द्र कुमार केसीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरलाई डेलिगेसन मार्फत ध्यान आकृष्ट गराउनु भएको हो ।
भेट पछि मन्त्रीबलायरले आगामी आर्थिक वर्षको लागी सडक मर्मतको लागी योजना बनाएको बताउनु भयो । रुपन्देहीको लुम्विनी देखी कपिलवस्तुको बहादुरगजं सम्मको हुलाकी सडक मर्मत तथा पिचगरिने मन्त्री वलायरले बताउनु भयो ।
त्यसको लागी १६ अरबको बजेट विनियोजन भइ टेण्डर गर्ने क्रममा रहेका जनकारी दिनु भयो । सो रकमले अपुग भएमा सो सडकको लागी थप रकम विनियोजन गर्ने समेत उहाले बताउनु भयो ।
सो सडकको विचमा पर्ने वाणगगा नदिको वरगदि घाटमा पुलनिर्माण कार्य सम्पन्न भैसकेको छ । व्यापारिक प्रयोज नहोस वा प्रशासनिक प्रयोजनको कामको लागी बढि प्रयोग हुने सडक हुलाकी नै पर्दछ ।
वडा अध्यक्ष केसीले स्थानीय जनतालाई आवाजजावत गर्न सास्ती रहेकोले मन्त्रालयमा गएर तत्काल काम थाल्नको लागी डेलीगेसन गएको सहभागि प्रदिप कुमार यादवले बताउनु भयो ।
सदरमुकाम तौलिहवासंग सिधै जोडिएको यो सडकमा अधिकांस नगरपालिका र गाउंपालिकाका जनताको सिधा संम्पर्क रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  १२ : ५७ बजे