१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु कारागारमा सिसि टिभि जडान



कपिलवस्तु २४ असोज ।
सुरक्षा ब्यवस्था मजबुत पार्न कपिलवस्तु कारागारमा सिसि टिबि जडान गरिएको छ । कारागार ब्यवस्था बिभागको सहयोगमा कारागारमा १३ वटा क्यामेरा जडान गरिएको हो ।
कारागारमा रहेका पुरानो र नया गरी २ वटा भवनमा कैदी बन्दी राखिएको पछि कारागरको सुरक्षा र उचित ब्यपस्थापनका लागि कारागार ब्यवस्था बिभागकोे सहयोगमा सिसि क्यामेरा जडान गरिएको हो ।
हाललाई कारागारमा १३ वटा सिसि क्यामेरा जडान गरिएको जेलर रेखा पुन मगरले बताउनु भयो । टिबि जडानसंगै सुरक्षा र कारागार संचालनमा सहजता आएको उहाको भनाई छ ।
नया भवनमा ४, पुरानोमा २ गेट पिगेटमा टिबि जडान गरिएका छन । टिबि जडान भएसंगै दईवटै भवनमा रहेको कैदीबन्दीहरुको गतिबिधिहरु जेलरले कोठामा रहेको कम्प्युटरबाटै हर्ने ब्यवस्था मिलाईएको छ ।
त्यति मात्र होईन जेलमा हुने गरेका दृश्यहरु जेलरले मोबाईलबाटै हेर्ने किसिमको रहेको जेलर पुनले बताउनु भयो ।
पुरानो र नया गरी कुल २ सय ४२ जना कैदी बन्दीहरुको सुरक्षामा खटिएका सशस्त्र र नेपाल प्रहरीललाई पनि सिसि टिभिले सहजाता भएको छ । बिगतमा यो कारागारबाट पटक पटक कैदी बन्दीहरु सुरुङबाट फरार भएका थिए ।
त्यस यता यहा खटने सुरक्षाकर्मीहरु मानसिक तनावमा रहने गर्थे । ४ महिना अघि नया भवन संचालनमा आएको थियो । नया भवन संचालन, सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाइी दिए लगत्तै सिसि क्यामेरा समेत जडान गरिए पछि कारागारको सुरक्षा ब्यवस्था मजुबत बनेको प्रहरी उपरिक्षक भोजजंह शाहले बताउनु भयो । कारागारका चौकीदार घनश्याम थारुले सिसि टिभि जडानले आफुहरुलाई पनि सजिलो भएको बताउनु भयो । सिसि टिभिले गर्दा कैदीबन्दीहरु अनुशासनमा बस्ने गरेको उहाले बताउनु भयो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ३३ बजे