४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023

११ औ विश्व रेबिज दिवस कपिलवस्तुमा पनि मनाईयो



अबिनाश बेल्बासे, कपिलबस्तु, असौज २४ ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख म¨ल प्रसाद थारुले प्रत्येक वडा र नगरले रेबिज बिरुद्ध जनचेतना मुलक अभियान चलाए मात्र जिल्लाबाट रेबिज निर्मुल गर्न सकिने बताउनु भएको छ । ११ औ विश्व रेबिज एवमं विश्व पशुपक्ष्ाँी दिवशको अबसरमा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

“हामी सबैको अभियान सन् २०३० सम्म रेबिजको पुर्ण बिराम र पशु कल्याणमा अभिबृद्धि मानव जगतको सम्बृद्धि ” भन्ने नाराका साथ बाणगंगा नगरपालिका पशु सेवा शाखाले रेबिज सप्ताहको आयोजना गरेको हो ।

उक्त कार्यक्रम आयोजना गर्नुको औचित्य तथा कार्यक्रम बारे प्रकाश पार्दै बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख डाक्टर रुपनारायण श्रेष्ठले पशुबाट मानिसमा सर्ने रेबिज, जुनोटिक लगायतका बिभिन्न रोगको परिचय, बच्ने उपाय र नेपालमा पशुपक्षीँको बर्तमान अबस्थाका विषयमा प्रकाश पार्नुभएको थियो ।

रेबिज सप्ताहको आज पहिलो दिन पशु सेवा केन्द्र बैरियामा सेवा लिन जाने पहिलो सेवाग्राहिलाई सम्मान गर्नुका साथै सप्ताह भरि नगरपालिका भरिका कुकुरलाई रेविजको सुई निशुल्क रुपमा उपलब्ध गराईएको छ ।

उक्त सुई पशु सेवा केन्द्र बैरिया र पशु सेवा शाखा कोपवा शाखामा असौज २९ गते सम्म निशुल्क लगाउने व्यबस्था मिलाईएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले रेबिज नियन्त्रणमा गम्भिर भएर नलागेमा नगर भित्रका बिभिन्न पशु फारम हरु रेबिज रोगका कारण धरासायि हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख म¨ल प्रसाद थारुको अध्यक्षता, उप प्रमुख चक्रपाणि अर्याल, कार्यकारि अधिकृत तुल्सिराम मरासिनिको बिशिष्ठ आथित्यता, बाणगंगा नगरपालिकाका प्रत्येक वडाका वडा अध्यक्ष, एवं सदस्यहरु नगर भित्रका पशु फारम सञ्चालक, बिभिन्न सघं सस्थाका प्रतिनिधि, पशु सेवा केन्द्रका कर्मचारि लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ३८ बजे