८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दुर्घटनामा नौ प्रहरीसहित १२ जना घाइते



 

सिरहा, असोज २४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार बेलुका प्रहरीको गाडी र मालबाहक ट्रक ठोक्किँदा नौ प्रहरीसहित बाह्रजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमका लागि छुटेको को १ क ११४४ नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आएको बा १ ग २२१२ नम्बरको ट्रक ठोक्किँदा ट्रकमा रहेका नौ प्रहरी र तीनजना थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये पाँचजनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी हवलदार महेन्द्र खत्वे र शम्भु कार्की, प्रहरी जवान सन्तोष न्यौपाने, प्रमोदकुमार चौधरी, भगवानलाल माझी, अनुपनारायण झा घाइते भएका छन् । यसैगरी दुर्घटनामा थुनुवा प्रेमकुमार यादव, राकेशकुमार यादव र विकास भट्टराईसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ४९ बजे