१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाजुरा जुकोटको दलित बस्तीमा आगलागी, ६ घर जलेर नष्ट 



बाजुरा, असोज २४ ।
बाजुराको स्वामिकार्तिक गाउँपालिका–३ जुकोटको दलित बस्तीमा सोमबार राति आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
घरबाहिर बालबालिकाले आगो खेलाउने क्रममा बस्तीमा आगलागी भएको हो । आगलागीबाट खन्टे कामी, नरे कामी, हर्मले कामी, धनबहादुर कामी, धनराज कामी र गोरे कामीको घर जलेर नष्ट भएको छ ।
आगलागीमा घरमा रहेका खाद्यान्न लगायत सम्पूर्ण सामग्री पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टले बताउनुभयो । सदरमुकाम मार्तडीबाट दिुई दिनको पैदल दूरीमा यो बस्ती रहेको छ । आगालागीपछि बिस्थापित परिवार अरुको घरमा बसेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ५७ बजे