१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

भारतबाट अब सजिलै नेपालमा पैसा पठाउन मिल्ने



काठमाडौं, असोज २४ ।
आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।
सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले वाइजम्यानका दुई सय शाखासहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।
यसरी पठाइएको रकम नेपालमा आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ ।
रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतमा रहेको आरबिएल बैंकले सहजीकरण गर्नेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ६ : ४२ बजे