१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जिल्ला अस्पताल भोजपुरमा डाक्टर नहुदाँ बिरामी मर्कामा



भोजपुर, असोज २४ ।
जिल्ला अस्पताल भोजपुरमा डाक्टर नहुदाँ बिरामी मर्कामा परेका छन् । दसैँ बिदामा घर गएका डाक्टर नफर्किएपछि समस्य भएको हो ।
डा. शिवजी रिजाल र जिल्ला स्वास्थ्य प्रमुख त्रिभुवन चन्द्र झा अहिलेसम्म हाजिर हुन नआएकाले अस्पतालमा दैनिक सयौंको संख्यामा आउने बिरामी मर्कामा परेका हुन् ।
अहिले अस्पतालको इन्डोर, राउण्ड, ओपिडी सेवा, भिडियो एक्सरे, इमरजेन्सी लगायत सेवा एकजना डाक्टरले मात्र दिनुपरेको छ । अरु डाक्टर बिदामा गएपछि डा. पुजन बिकले एक्लै सेवा प्रवाह गर्दा समस्या भएको बताउनुभएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ६ : ४३ बजे