८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लागुऔषधसहित तीन जना पक्राउ



 

२४ असोज, काठमाडौं । नागढुंगा प्रहरीले लागुऔषधसहित तीन जनालार्इ पक्राउ गरेको छ ।

बारादेखि काठमाडौं आउँदै गरेको ना ७ ख ८७९ नं को यात्रुवाहक बसमा लुकाएर लागुऔषध ल्याएका बाराको बारागढी गाउँपालिका(१ पिप्रा वसतपुरका २४ वर्षका लक्ष्मण साह र सोही ठाउँका वर्ष २५ का जोगिन्दर सहनीलार्इ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलार्इ झोलामा कम्वलभित्र लुकाएको डाइजेपाम ८५ एम्पुल, फेनार्गन ८० एम्पुल र नुर्फिन ९७ एम्पुल गरी जम्मा २६२ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।

साथै उनीहरूको सहयोगमा काभ्रे नमोवुद्द(३ का २९ वर्षीय गोपाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको इन्चार्ज घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ६ : ५३ बजे