२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

कांग्रेसका दुई नेता पार्टीबाट निष्काशित



सुनसरी, असोज २४ ।
नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।
‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे’ जनाइएको छ । रासस

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ९ : १७ बजे