७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

ओखलढुंगामा गौचन हत्याको विरोध



ओखलढुंगा, असोज २४ । सोमबार राजधानीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको ओखलढुंगा निर्माण व्यवसायी संघले भत्र्सना गरेको छ । संघले मंगलबार विज्ञप्ती जारी गर्दै हत्यारालाई छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ ।
दिनदहाडै राजधानीको व्यस्त सहरमा व्यवसायीमाथि भएको हत्याले सुरक्षा व्यवस्थाको उपहास भएको समेत विज्ञप्तीमा उल्लेख छ । सरकारले निर्माण व्यवसायी र प्रत्येक नागरिकको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको प्रत्याभुत गराउन सुरक्षा दिनुपर्ने माग विज्ञप्तीमा गरिएको छ ।
संविधान कार्यान्वयनका लागि प्रदेश र केन्द्रको चुनावको मुखमा भएको हत्याले सम्पूर्ण निजी क्षेत्रलाई त्रसित बनाएको निर्माण व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष विनोद ताम्राकारले बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माण समेत निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेकोमा गौचन हत्याले सम्पूर्ण व्यवसायी गम्भीर हुनुपर्ने अवस्था आएको ताम्राकारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले गौचनका हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेमा चरणबद्ध आन्दोलनमा जाने जाने र सार्वजनिक निर्माणको कार्य रोक्ने संघले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ११ : २१ बजे