१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

श्रीमद्भागबत धनधान्याञ्चल ज्ञान महायज्ञको उद्धघाटन राजदुत उपाध्यायले गर्ने



 

अबिनाश बेल्बासे कपिलबस्तु २५ असोज ।
कपिलवस्तुको भलवाड जिनुवामा रहेको माविमा पशुविज्ञान तर्फको प्राविधिक विषयमा पढाई हुनेगरी २ करोड वढी संकलन गर्न श्रीमद्भागबत धनधान्याञ्चल ज्ञान महायज्ञ र शैक्षिक महोत्सव एकैसाथ संचालन हुन लागेकोछ । आज बुधवार राजदुत दिपकुमार उपाध्यायले उद्घाटन गर्नुहुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको महायज्ञ मुल आयोजक समितिका निर्देशक कुमार मधु बेल्बासेले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएकोछ । यहि असोज २५ देखि कार्तिक १ गतेसम्म हुने महायज्ञ जिनुवा स्थित श्री शुद्धोदन जन जीबन मा. वि को प्राङ्गडमा सञ्चालन गर्न लागिएको हो । पशु विज्ञान अध्ययनका लागि दान मार्फत २ करोडवढी संकलन गर्ने लक्ष्य राखेर श्री शुद्धोदन जन जीबन मा. वि. जिनुवामा महायज्ञ आयोजना हुने भएको हो । महायज्ञको तैयारी वारे जानकारी दिदै निर्देशक कुमार मधु बेल्वासले भन्नुभयो । प्राविधिक शिक्षा थप एवं उन्नरोतिका लागि महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञको मुख्य वाचक देशकै उत्कृष्ट एवं अन्तराष्ट्रिय कथाबाचक पण्डित दिन बन्धु पोखे्रल रहनु भएको छ । महायज्ञ आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै महायज्ञ मूल आयोजक समितिका अध्यक्ष दिपक कुमार थापा । उपस्थित सम्पुर्ण पत्रकारको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महाशंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले मन्तव्य राख्नुभएको थियो । उहाले महायज्ञ सफल पार्नमा सञ्चार क्षेत्रले उल्लेख्य सहयोग हुने बताउनुभयो ।महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष लाल बहादुर खड्काले अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । उक्त महायज्ञबाट २ करोड १३ लाख २५ हजार अनुमानित आय र ७३ लाख ५० हजार बराबरको खर्च हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विद्यालयका प्रअ अफाक अहमद खाँले महायज्ञले विद्यालयको स्तरमा आमुल परिवर्तन ल्याउने भएकाले यो भलवाडका लागि एक ऐतिहासिक काम भएको वताउनु भयो ।
कार्यक्रममा थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष जन्जीर प्रसाद थारु, शुद्धोदन जन जीबन मा. वि का निबर्तमान अध्यक्ष हरिराज घिमिरे, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ३१ बजे