८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘स्वास्थ्य चौकीमै छैन आइरन चक्की’ गर्भवती महिला निराश बन्दै फर्किए



कपिलवस्तु २५ असोज ।
सरकारद्धारा जिल्ला अस्पतालबाट सर्वसाधारणका लागि ७० किसिमका औषधी निशुल्क उपलब्ध गराउने उदघोष गरेपनि कपिलवस्तुको एक स्वास्थ्य चौकीमा सामान्य आइरन चक्की समेत सकिएको छ ।
स्वास्थ्य चौकी गजेहडा कार्यालयमा सिटामोल बाहेक अरु कुनै पनि निशुःक पाउने औषधी नभएको स्वास्थ्य चौकिकी अनमी सरस्वती लम्सालले बताउनुभयो । चेक जाँच गराएर गर्भवती महिलाहरुलाई रित्तै फर्काउन परेको उहाले जनाउनु भयो ।
कार्यालयमा कण्डम, सिटामोल बाहेक अरु औषधी सकिएको १५ दिन भई सक्यो उहाले भन्नुभयो ।
धैरै गर्भवती महिलाहरु आइरन चक्की पाउन बाट बन्चित रहेका छन । कपिलवस्तुमा जिल्ला अस्पताल तौलिहवा ,बहादुरगञ्ज , पिपरा अस्पताल र ७२ वटा स्वास्थ्य चौकी छन् सबैमा निःशुल्क औषधीको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । यस पटक बजेट स्थानीय तहमा गएको र औषधी खरिद गर्न ढिलाई भएका कारण औषधी अभाव भएको उहाको तर्क थियो ।
जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिकामा स्वास्थ्यको बजेट गएको र औषधी खरिद गर्न प्रक्रियामा जाँदा ढिलाई भएको कार्यालयले जनाएको छ ।
पछिल्लो घोषणा अनुरुप सरकारले जिल्ला अस्पतालका लागि ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३८ प्रकारका ओैषधी उपलब्ध गराउने जनाएको थियो ।

 

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ४० बजे