१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सेतो गुराँसको नवौ साधारण सभा तथा चौथो अधिवेशन



पार्वती पाण्डे कपिलवस्तु २५ असोज ।
वालवालिकाको क्षेत्रमा कार्यरत सेतो गुराँस वाल विकास सेवा कपिलवस्तुको नवौ साधारण सभा एवं चौथो अधिवेशन आज तौलिहवामा गरिएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले वालवालिकाको क्षेत्रमा सेतो गुराँसले अन्य संघ संस्था भन्दा फरक किसिमको काम गरेको औल्याउनु भयो ।
उहाँले प्रारम्भिक वाल विकास चरण सबै भन्दा महत्वपुर्ण हुने र सोहि चरणमै सेतो गुराँसले प्राविधिक सेवा प्रवाह गर्ने भएकाले अत्यन्तै महत्वपुर्ण कार्य हुने गरेको स्पष्ट पार्नु भयो ।
सोहि कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहायक जिशिअ बाबुराम भट्राईले बोल्दै जिल्ला शिक्षा कार्यालयले गर्ने काममा सेतो गुराँसले महत्वपुर्ण टेवा पुर्याएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा अधिवक्ता हुमबहादुर कुवँर , अभिभावक संघका अध्यक्ष भक्तिराम पन्थि , कवनपा वडा नं ३ का अध्यक्ष प्रकाश गैरै , ४ का अध्यक्ष रामभजन कलवार , स्वतन्त्र पत्रकार संघका सुरेन्द्र लम्साल , सर्च फर कमन नेपालका रुकैया खाँतुन लगायतले शुभकामना व्यक्त गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सभामा सेवाका सचिव भोजराज खनालले सांगठनिक प्रतिवेदन , लेखा प्रमुख खुमकला गिरी आर्थिक प्रतिवेदन र कार्यक्रम संयोजक रिता थापा बोहोराले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो ।
त्यस्तै सेवाका फिल्ड अधिकृत अनिता शर्माले बालवालिकाको निति तथा कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष हुमनाथ पाण्डेको अध्यक्षता सचिव भोजराज खनालको संचालन कमला श्रेष्ठको स्वागतमा भएको नवौ साधारण सभा तथा अधिवेशनले भोजराज खनालको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसम्मत रुपले निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा साकिला खातुन , सचिव पार्वती पाण्डे , कोषाध्यक्ष वसन्ती सिंह रहनु भएको छ । समितिको सदस्यमा रामभजन कलवार , तुलशा गैरे , कमला श्रेष्ठ , सरस्वती पौडेल र गम्बा रैदास रहनु भएको छ ।
त्यसै गरि अधिवेशनले सल्लाहकारमा हुमनाथ पाण्डेको संयोजकत्वमा ३ सदस्सीय समिति चयन गरेको छ । समितिको सदस्यमा भक्तिराम पन्थि र गिता रेग्मी रहनु भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ५४ बजे