१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राजपाद्वारा उम्मेदवार सिफारिस



कपिलवस्तु २५ असोज ।
राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तुका प्रमुख तीन दलले उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन् । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट रवीन्द्रनाथ मिश्राको नाम सिफारिस गरी पठाएको छ । र क्षेत्र नम्बर २ बाट अमृता अग्रहरि र क्षेत्र नम्बर ३ बाट नरसिंह चौधरी, रविदत्त मिश्रा र मंगलप्रसाद गुप्ताको नाम सिफारिस भएको छ । प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नं. १ बाट उपेन्द्रप्रताप सिंह, रविदत्त मिश्रा, अरबिन्दकुमार सिंहको नाम सिफारिस गरिएको राजपा नेपाल कपिलवस्तुले जानकारी दिएको छ । राजपा नेपाल कपिलवस्तुले जिल्लाको क्षेत्र नं. २ बाट मधुसुदन शरण चौधरी, हरिप्रकाश पाण्डेय, कालीपद शर्मा जनसन, सन्तराम अग्रहरी र राम प्रकाश कुर्मीलाई सिफारिस गरिएको राष्ट्रिय जनता पार्टी नेपाल कपिलवस्तुका संयोजक कैलाश अग्रहरिले बताए । कपिलवस्तुमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले यस अघि नै प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको उम्मेदवारको नाम सिफारिस गरेका छन्। नया शक्ति नेपालले समेत उम्मेद्वारको टुङगो लगाइसकेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ४ : १० बजे