१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै



काठमाडौं, असोज २५ । अन्तर्राष्ट्रिय बालिका दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा टेक ओभर कार्यक्रम हुँदैछ । टेक ओभर कार्यक्रममा तीनसय किशोरी सहभागी हुँदैछन् । यो पटक यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चुलाउने अकोराबले जनाएको छ ।
कार्यक्रममा १४ देखि १९ वर्षसम्का किशोरीको सहभागिता रहनेछ । बालिका दिवसको अवसरमा सरकारले भने औपचारिक कार्यक्रम राखेको छैन ।
बालिकाहरुको शैक्षिक, सामाजिक विकासको लागि संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । विश्वमा अहिले एक अर्ब १० करोड भन्दा धेरै बालिका रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ४ : ११ बजे