१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

माओवादी केन्द्रमा मिसिँदै नेकपा संयुक्त



असोज २५ काठमाडौं ।
वाम गठबन्धनको बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच आज पार्टी एकताको घोषणा हुँदैछ । बुद्धनगर पार्टी प्यालेस बुद्धनगरमा दिउँसो एक बजे पार्टी एकता घोषणा सभा हुन लागेको हो ।
गणेश साहले नेतृत्व गरेको नेकपा संयुक्त शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी छ । नेकपा संयुक्तको असोज २२ मा सम्पन्न पोलिटव्यूरो बैठकले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
सो निर्णयलाई मंगलबारको केन्द्रीय समिति बैठकले पारित गरेको थियो । नेकपा संयुक्तका पोलिटव्यूरो सदस्य सुनिल मानन्धरले माओवादी केन्द्रसँग एकताको प्रस्ताव राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ४ : ३५ बजे